अध्यक्षमा सिग्देल,सचिवमा पुलामी

हेटौंडा \ प्रचण्ड-नेपाल समुह नेकपा मकवानपुर अध्यक्षमा मुनु सिग्देल र सचिवमा प्रेम बहादुर पुलामी चयन भएका छन।
नेकपा प्रचण्ड-नेपाल समुहले आज देशका ६८ जिल्लाको नेतृत्व टुङ्गो लगाएसँगै मकवानपुरको अध्यक्षको जिम्मेवारी सिग्देल र सचिवको जिम्मेवारी पुलामीलाई दिइएको हो ।सिग्देल र पुलामी नेकपा दुुुुई खेमामा विभाजित नहुदा सोही पदम रहेेका थिए। दुवै बागमती प्रदेश सदस्य समेत हुन।
प्रचण्ड-नेपाल समुहले गरेकोभागवण्डा अनुसार ३५ जिल्लामा पूर्वमाओवादी पक्षले नेतृत्व पाएको छ भने ३३ जिल्लामा पूर्व एमाले (माधव नेपाल)पक्षधरले नेतृत्व पाएको छ।