• २०७७ चैत्र २९, आइतबार
  • प्रतिनिधिसभा बैठक फागुन २३ गते बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय

    १४ फाल्गुन २०७७, शुक्रबार २०:३०

    काठमाडौं \ सरकारले प्रतिनिधिसभा बैठक फागुन २३ बोलाउन राष्ट्रपति सिफारिस गर्ने निर्णय गरेको छ। शुक्रबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । सर्वोच्च अदालतको आदेश अनुसार सो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए  ।

    प्रतिनिधि सभा पुनर्स्थापनापछि शुक्रवार पहिलो पटक मन्त्रिपरिषद् बैठक बसेको हो । सर्वोच्च अदालतले मन्त्रिपरिषद्को सिफारिसमा गएकाे पुस ५ गते राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटनको निर्णय बदर गर्दै गएको मङ्गलबार १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार बेलुका शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसँग भेट गर्नुभएको थियो ।

    यसमा तपाइको मत

    Your email address will not be published. Required fields are marked *


    *