• २०७८ जेठ ०२, आइतबार
  • आईतबार मकवानपुरमा थप दुई संगै ५ पत्रकारमा कोरोना संक्रमण

    १९ बैशाख २०७८, आईतवार १५:२०

    सिधाखबर \  मकवानपुरमा आईतबार थप दुई पत्रकारलाई कोरोना संक्रमण पुष्टी भएको छ । यो संगै पछिल्लो समय मकवानपुरमा ५ जना पत्रकारमा कोरोना पुष्टी भएको हो । संक्रमण नेपाल पत्रकार महासंघ मकवानपुरका कार्य समिति सदस्य एक जना सहित ४ जना साधारण सदस्यमा कोरोना संक्रमण भएको छ । कोरोना संक्रमण पुष्टी भएका सबै पत्रकारहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताईएको छ ।

    उनीहरु सबैजना होम आईसोलेसनमा रहेको नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले बताए । उनका अनुसार उनीहरुसँग महासंघले समन्वय गरिरहेको छ । कोरोना संक्रमित मध्ये दुई जना महिला पत्रकार र तिन जना पुरुष पत्रकार रहेकाछन् । ५ जना मध्ये १ जनामा दोस्रो पटक कोरोना संक्रमण भएको हो अन्यलाई पहिलो पटक कोरोना संक्रमण देखिएको हो ।

    यसै बीच नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष गौतमले कोरोनाको दोस्रो लहर कोरोना संक्रमण तीब्र बढीरहेकाले सम्पुर्ण संचारकर्मीमा सचेत,सजग र सुरक्षित भई काम गर्नुहुन हार्दीक अनुरोध गरेका छन् । साथै कुनै समस्या भएमा तत्काल महासंघ संग समन्वयमा रहन आग्रह गरीएको छ ।

    यसमा तपाइको मत

    Your email address will not be published. Required fields are marked *


    *