मकवानपुरगढी \ सामुदायिक वन उपभोक्ता महासंघ, स्थानीय महासंघ मकवानपुरगढीको अध्यक्षमा बलराम अधिकारी सर्वसम्मत चयन भएका छन । महासंघको शुक्रवार मकवानपुरगढी-२ शिखरकटेरीमा सम्पन्न भएको दोश्रो अधिवेशनले अधिकारीको नेतृत्वमा ४३ सदस्यीय सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरगढी गाउँ समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा यज्ञ प्रसाद तिमल्सिना, सचिवमा दुर्गा घोरसाईनी र कोषाध्यक्षमा सिर्जना दाहाल सर्वसम्मत चयन भएका छन ।
यसैगरि प्रदेश प्रतिनिधिमा बलराम अधिकारी, बद्री दाहाल, जीत बहादुर घलान, अर्जुन प्रसाद गौतम, गोमा फुयाँल, संगिता घिमिरे र शर्मिला घिसिङ चयन भएका छन । जिल्ला प्रतिनिधिमा यज्ञ प्रसाद तिमल्सिना, मान बहादुर घलान, रोल बहादुर गोले, गोमा फुयाँल र दुर्गा घोरसाईनी चयन भएका छन ।
महासंघको निर्वाचन गर्न रामहरि चौलागाई संयोजकत्वमा कल्पना विश्वकर्मा र भीमसेन पौडेल सदस्य रहने गरि ३ सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । अधिवेशनमा महासंघका अध्यक्ष बलराम अधिकारीले सांगठानिक र आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
अधिवेशन सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रीय अध्यक्ष भारती पाठकको प्रमुख आतिथ्यता एवम महासंघ, मकवानपुरगढीका अध्यक्ष बलराम अधिकारीको सभाध्यक्षतामा भएको हो । सोही कार्यक्रममा मकवानपुरगढीमा रहेको रेडियो मकवानपुरगढी ९५ मेघाहर्जलाई दोसल्ला र प्रमाणले सम्मान गरिएको थियो ।

अधिवेशन कार्यक्रममा मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान, उपाध्यक्ष मान कुमारी पाख्रिनको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा नंं १ का वडा अध्यक्ष आईत सिं लो, २ का बखान सिंह पाख्रिन, ३ का भागवत घिमिरे, ४ का अर्जुन प्रसाद तिमल्सिना, ५ का दिपेश दाहाल, ६ का कृष्ण प्रसाद बजगाई, फेकोफन बागमती प्रदेशका सचिवालय सदस्य रामहरि चौलागाई, मकवानपुर अध्यक्ष साधुराम चौलागाई, स्थानीय महासंघ, हेटौडाका अध्यक्ष शम्भु प्रसाद न्यौपाने, विभिन्न सामुदायिक वनका प्रतिनिधि,सञ्चारकर्मी, स्थानीय लगायतको सहभागिता थियो ।
स्थानीय महासंघ मकवानपुरगढीमा २९ वटा सामुदायिक वन रहेको छ । गाउँपालिकाभरमा ४ हजार ५६६.४३ हेक्टर क्षेत्रफलमा वनजंगल रहेको छ ।