हेटौंडा \ नेपाली कांग्रेसको केन्द्रीय परिपत्र अनुरुप तथा जिल्ला कार्यसमितिको निर्देशन बमोजिम मकवानपुरगढी गाउँपालिका कार्यसमितिले शुक्रबार गाउँ पार्टी सम्मेलन गरेको छ । गाउँपालिका सभापति राजवीर मोक्तानको सभाध्यक्षता तथा जिल्ला कार्यसमितिका सचिव भीमसेन महतको प्रमुख आतिथ्यतामा सम्मेलन भएको हो ।
सम्मेलनको अवसर पारेर गाउँसमितिले जेष्ठ नागरिक एंव क्रियाशील सदस्यलाई सम्मानपत्रले सम्मान गरिएको छ । सम्मानित हुनेमा ङेमा लामा भोम्जन, बेखरत्न लामा, पदमबहादुर थिङ, गोपाल सञ्जेल, मीन प्रसाद तिमल्सिना, पुल बहादुर लो, देवन सिं घिसिङ, हर्क बहादुर गोले, जीवनाथ न्यौपाने, चन्द्रशेखर न्यौपाने, मीन प्रसाद घिमिरे र देवी प्रसाद घिमिरे रहेका छन् ।
![No description available.](https://scontent.fktm1-1.fna.fbcdn.net/v/t1.15752-9/346101915_3322361418075262_329713220059258393_n.jpg?_nc_cat=108&ccb=1-7&_nc_sid=ae9488&_nc_ohc=Fn_BQgHpOA8AX-DPvVA&_nc_ht=scontent.fktm1-1.fna&oh=03_AdRlzj6iu3eOHSyqLgfObiHE4d5nzODMLftKOp5LyQH2-g&oe=6485A437)
सोही कार्यक्रममा गएको स्थानीय निर्वाचनमा निर्वाचन प्रचारप्रसार समिति संयोजक रहेका यतिराज सापकोटा, निर्वाचनमा सहयोग गर्ने नेपाल शिक्षक संघ मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष प्रह्लाद घिमिरे,तरुल दल गाउँपालिका अध्यक्ष सानोकान्छा थिङलाई पनि सम्मान गरिएको थियो ।
![No description available.](https://scontent.fktm1-1.fna.fbcdn.net/v/t1.15752-9/346102854_779462503537904_4271473547619199282_n.jpg?_nc_cat=104&ccb=1-7&_nc_sid=ae9488&_nc_ohc=z508wBrmZPgAX8frNqL&_nc_ht=scontent.fktm1-1.fna&oh=03_AdTsPuRYdH629t5JZxCYn0HZmPamt3335DFUgQ4ew5O6kA&oe=64858E7D)
कार्यक्रममा पार्टी सचिव आइतसिं लोले राजनितिक र सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष आकाश गोलेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सोही अवसरमा गाउँसमितिको आगामी वर्षको कार्ययोजनाहरु समेत प्रस्तुत गरिएको थियो ।
![No description available.](https://scontent.fktm1-1.fna.fbcdn.net/v/t1.15752-9/346100825_2418159995027384_6431433203026649147_n.jpg?_nc_cat=100&ccb=1-7&_nc_sid=ae9488&_nc_ohc=chmZh_97TOQAX99RQVD&_nc_ht=scontent.fktm1-1.fna&oh=03_AdSYuSprRlSIFoHs3bLt41nj7DvUS0SwzKJ96-W9e_sALQ&oe=64859897)
कार्यक्रममा कांग्रेस बागमती प्रदेश समितिका सदस्य देवकी गौतम, महासमिति सदस्य सुर्य बहादुर रुम्बा, सुवात सिं थिङ, प्रतिनिधि सभा क्षेत्र १ का सभापति दामोदर खनाल, कांग्रेस नेता यतिराज सापकोटा, संघीय तथा प्रदेश क्षेत्र तहका नेताहरु लगायत गाउँपालिकामा निर्वाचित वडा अध्यक्ष र वडा सदस्यहरु, वडा सभापतिहरु, गाउँपालिकाको महिला संघका अध्यक्ष मन्दिरा खड्का, नेपाल विद्यार्थी संघ मकवानपुरका अध्यक्ष सुभाष सापकोटा, सञ्चारकर्मी तथा क्रियाशील सदस्यहरुको सहभागिता रहेको थियो ।