हेटौँडा \ मकवानपुर प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजानिक गरेको छ । आइतबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आयोजित पत्रकार सम्मेलनमा मकवानपुरका प्रहरी प्रमुख सीताराम रिजालले चाडपर्व लक्षित गर्दै ८ सय १७ जना प्रहरी परिचालन गरिने बताएका छन् । उनले चाडपर्वमा घट्ने अपराधिक क्रियाकलापलाई न्यूनिकरण गर्न सुरक्षा योजना तयार गरेको बताएका छन् ।
प्रहरी उपरीक्षक रिजालको कमाण्डमा जिल्लाभरी १० जना, प्रहरी नायव उपरीक्षकको कमाण्डमा २० जना, प्रहरी निरीक्षकको कमाण्डमा १५ जना, जुनियर प्रहरी अधिकृतको कमाण्डमा ६४ जना प्रहरीहरु खटिने रिजालले बताए ।
विजया दशमी, शुभ दिपावली र छठपर्वहरुको समयमा हुन सक्ने अपराधिक घटना, राजमार्गमा हुनसक्ने लुटपाट,चोरी,डकैती,गुण्डागर्दी, सवारी दुर्घटना, झै-झगडा लगायतलाईमध्य नजर राखी कुनै पनि किसिमका घटना हुन गर्न नदिन भरपर्दो शान्ति सुरक्षा एवं अमन चयन कायम राख्न प्रहरी कटिबद्ध लाग्ने रिजालले बताए ।
यस्ता छन् प्रहरीका सुरक्षा योजनाका उद्देश्य
- यात्रुबाहक सवारी साधनहरुले बढी भाडा असुल्ने सम्भावना रहने हुनाले सो कार्यलाई निरुत्साहित गर्न सादा पोशाकमा प्रहरी परिचालन गरि प्रभावकारी रुपमा खवर संकलन गर्ने र यस किसिमका कार्यहरुलाई कानूनी दायरामा ल्याउने,
- नागरिक सहायता कक्ष र यात्रु सहायता कक्ष र रिफ्रेसमेन्ट सेन्टरको स्थापना गरि यात्रुबाहक सवारी साधनहरुले यात्रु संग गर्ने व्यवहार, सिट क्षमताको कार्यान्वयन, आरक्षण सिटको कार्यान्वयन, चालक परिवर्तन, भाडा असुली, सवारीको सामान्य मेकानिकल अवस्था लगातयको अनुगमन गरि आवश्यकता अनुसार नागरिकहरुलाई सहजिकरण गर्नुका साथै सवारी दुर्घट्ना न्युनिकरणमा जोड दिन
- सवारी साधन, धार्मिक स्थलहरु, सार्वजनिक स्थलहरु लगायतमा हुन सक्नेचोरी, लुटपाट, भेदभावजन्य व्यवहार, महिला हिंसा, झै(झगडा लगायतका घट्नाहरुको निगरानी गरि कानूनी दायरामा ल्याउने,
- लोकमार्गमा नियमित दिवा तथा रात्री गस्ती रपट्रोलिङ, पैदल गस्ती समेत बढाई यात्रीहरुको गन्तव्य स्थान सम्म आवतजावतको लागी सहज तथा भयरहित वातावरण निर्माण गर्ने,
- चाड पर्वको समयाम हुन सक्ने चन्दा असुली,कृतिम अभाव, कालो बजारी लगायतको अनुगमन गरि दैनिक उपभोग्य सामानहरुको सर्वसुलभता गराउने सम्बन्धमा सम्बन्धित सरोकारवाला निकायहरु संग अवश्यक समन्वय गर्ने,
- बन्द रहने सरकारी कार्यालयहरु, ख्ख्क्ष्एरख्क्ष्ए हरुको भ्रमण, निवास, आर्थिक गतिविधी हुने स्थान तथा कार्यालयहरु आदीको सुरक्षा व्यवस्था मिलाउने,
- लागु औषध तस्करी, निषेधित पदार्थ ओसारपसार, दुर्व्यसनी लगायत अन्य क्रियाकलापहरुको नियन्त्रण गर्न ।