हेटौंडा \ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडाका प्रमुख नरहरी घिमीरेले कार्यालयमा ६६.९८ प्रतिशत उजुरी प्रारम्भिक छानबिनबाट फछ्यौट भएको बताउनु भएको छ । बुधबार बागमती प्रदेशका प्रदेश प्रमुख यादबचन्द्र शर्मालाई पेश गर्नु भएको आर्थिक वर्ष २०७९÷०८० को तेत्तिसौं वार्षिक प्रतिवेदन अनुसार आयोगमा २० हजार ९ सय पाँच उजुरीहरू विभिन्न माध्यमबाट प्राप्त भएका र अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ७ हजार एक सय ६२ उजुरीहरू समेत गरेर २८ हजार ६७ उजुरी मध्ये १८ हजार ७ सय ९९ अर्थात ६६.९८ प्रतिशत उजुरी प्रारम्भिक छानबिनबाट फछ्यौट भएको प्रतिबेदनमा उल्लेख गर्नु भएको छ ।
फछ्यौट भएका मध्ये एक हजार एक सय ३३ उजुरीउपर विस्तृत अनुसन्धान गर्ने निर्णय गरिएको, ७ हजार ८ सय ६९ उजुरी तामेली गरिएको,एक सय ५२ उजुरीउपर सुझाव दिई तामेली गरिएको र ९ हजार छ सय ४५ उजुरीउपर कानुन बमोजिम अन्य आवश्यक कारबाहीका लागि विभिन्न निकायमा लेखी पठाइएको प्रतिबेदनमा उल्लेख छ । प्रारम्भिक छानबिनको क्रममा रहेका ९ हजार दुई सय ६८ उजुरी चालु आर्थिक वर्ष २०८०÷८१ मा ं जिम्मेवारी सरेर आएको प्रतिबेदनमा उल्लेख छ ।
उजुरीहरूको संख्या हेर्दा सबैभन्दा बढी उजुरी परेका क्षेत्रहरू क्रमशः संघीय मामिला (स्थानीय तह समेत) का ३५.९५ प्रतिशत, शिक्षा (स्थानीय तह समेत)का १४.५५ प्रतिशत र भूमि प्रशासनसँग सम्वन्धित ६.०९ प्रतिशत उजुरीहरू रहेका छन् । त्यस्तै वन तथा वातावरणका ४.१४ प्रतिशत, भौतिक पूर्वाधार तथा यातायात क्षेत्रका ४.१० प्रतिशत,गृह प्रशासनका ३.५८ प्रतिशत स्वास्थ्य तथा जनसंख्याका ३.१२ प्रतिशत, पर्यटन, उद्योग तथा वाणिज्यका २.७१ प्रतिशत, ऊर्जा, जलस्रोत तथा सिंचाइ क्षेत्रका २.५८ प्रतिशत, खानेपानी तथा सहरी विकासका २.५१ प्रतिशत, अर्थ क्षेत्रका १.८९ प्रतिशत र कृषि तथा पशुपक्षीसँग सम्बन्धित १.५२ प्रतिशत उजुरीहरू रहेका छन् ।
त्यसैगरी संचार तथा सूचना प्रविधि क्षेत्रका १.०३ प्रतिशत, नक्कली शैक्षिक प्रमाणपत्रसँग सम्बन्धित ६.०२ प्रतिशत र गैरकानुनी सम्पत्ति आर्जनसँग सम्बन्धित ७.१२ प्रतिशत उजुरीहरू पर्न आएका छन् । यी क्षेत्रहरू बाहेकका अन्य विविध विषयहरूसँग सम्बन्धित उजुरीहरू ३.०९ प्रतिशत रहेका छन् ।
आर्थिक वर्ष २०७९÷८० मा आयोगको कार्यालय, हेटौंडाको कार्यक्षेत्र अन्तरर्गत रहेका जिल्लाहरूबाट कूल १ हजार ८ सय ३१ उजुरीहरू विभिन्न माध्यमबाट प्राप्त भएका थिए भने अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ४ सय ९५ उजुरीहरू समेत गरेर कारबाही गर्नुपर्ने जम्मा उजुरीको संख्या २ हजार ३ सय २६ रहेका थिए । यस अवधिमा कुल २ हजार ३ सय २६ उजुरीमध्ये १ हजार ४ सय ४६ अर्थात ६२.१६५ उजुरी प्रारम्भिक छानबिनबाट फछ्यौट भएका छन् । फछ्र्यौट भएकामध्ये १ सय ११ वटा उजुरीउपर विस्तृत अनुसन्धान गर्ने निर्णय गरिएको, ६ सय १३ उजुरी तामेली गरिएको, ३ सय ५८ उजुरी एकिकरण गरिएको, १ सय ३१ उजुरी आयोगको सम्बन्धित महाशाखामा पठाइएको र २ सय ३३ उजुरी उपर कानुन बमोजिम अन्य आवश्यक कारबाहीका लागि विभिन्न निकायमा लेखी पठाइएको छ ।
प्रारम्भिक छानबिनको क्रममा रहेका ८ सय ८० उजुरी चालु आर्थिक वर्ष २०८०÷८१ मा जिम्मेवारी सरेर आएका छन् । आर्थिक वर्ष २०७९÷८० मा आयोगको जम्मा ७८ वटा बैठक बसी १ हजार २ सय ४६ वटा निर्णय भएको प्रतिबेदनमा उल्लेख छ । आर्थिक वर्ष २०७९÷८० मा विस्तृत अनुसन्धानबाट भएको कारवाही अन्तर्गत १ सय ६२ वटा आरोप पत्रहरू विशेष अदालतमा दायर गर्ने निर्णय भएका छन् । त्यसैगरी सम्बन्धित निकायलाई सुझाव दिएको संख्या ६३ वटा रहेको छ भने ६ सय ५६ वटा तामेली, २७ वटा मुल्तबीमा राख्ने र २९ वटा अन्य निर्णयहरू भएका छन् ।