हेटौंडा \ मकवानपुर जिल्ला बहुउद्धेश्यीय सहकारी संघको आयोजना र बागमती प्रदेश सहकारी विकास बोर्डको सहयोगमा गत बुधबारदेखि सुरु भएको ६ दिने सहकारी लेखापालन तालिम सोमबार सकिएको छ ।
समापन कार्यक्रम संघका अध्यक्ष रामहरि न्यौपानेको अध्यक्षता तथा प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख आतिथ्यता भएको थियो ।
कार्यक्रममा हेटौडा–२ का अध्यक्ष विष्णु गोपाल महर्जन, बागमती प्रदेश बचत संघका पूर्व उपाध्यक्ष राधा सिन्तान, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरि कंडेल, राष्ट्रिय सहकारी बैकका प्रमुख रामेश्वर अर्याल, नारायणी बहुउद्देश्यीय सहकारीका अध्यक्ष जंगबहादुर गुरुङ, अडानका केन्द्रीय सदस्य प्रकाश ढकाल, प्रशिक्षक नवराज खनाल लगायत संघका पदाधिकारीहरुको आतिथ्यता रहेको थियो ।
तालिममा रामेश्वर अर्याल, गोविन्द दाहाल, सीताराम दाहाल, नवराज खनालले प्रशिक्षण प्रदान गरेका थिए । तालिममा कृषि, उपभोक्ता, बचत तथा ऋण, बहुउद्देश्यीय सहकारी गरी १८ संस्थाका २० जनाको सहभागिता रहेको संघका व्यवस्थापक महेश अधिकारीले बताए ।
तालिममा सहभागिहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको थियो । सहकारीका सिद्धान्त, सहकारी ऐन, नियम, आयव्यय विवरण लगायतका विषयहरुमा सहभागीहरुलाई प्रशिक्षण गराइएको व्यवस्थापक अधिकारीले बताए ।