हेटौंडा \ मोवाईल एशोसिएसन अफ नेपाल मकवानपुरले आयोजना गरेको ग्राहक लक्षित दशैंतिहार छठपर्वको बम्पर उपहार कार्यक्रमको शनिबार नतिजा सार्वजनिक गरिएको छ । सामाजिक सञ्जाल मार्फत प्रत्यक्ष प्रशारण गरि ग्राहकहरुकै उपस्थितिमा उपहार नतिजा सार्वजनिक गरिएको हो ।
हेटौंडाको बुद्धचोकमा आयोजना गरिएको कार्यक्रम मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवालको प्रमुख आतिथ्यता तथा म्यान मकवानपुरका अध्यक्ष नवराज चौलागाईको सभाध्यक्षता रहेको थियो ।
यस वर्षको भाग्यशाली बम्पर पुरस्कार टिभिएस ब्राण्डका स्कुटर चितवन खुरखुरे निवासी सरिता कंडेलले हात पार्न सफल भएकी छिन् । प्रमुख अतिथि कृष्णकुमार गुप्ता अग्रवालले कुपनको अर्धकट्टी तान्दा कंडेललाई स्कुटर परेको उपहार कार्यक्रमका संयोजक तथा म्यान मकवानपुरका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद न्यौपानेले बताए ।
त्यस्तै, दोस्रो बम्पर उपहार ४ रात ५ दिनको थाइल्याण्ड टुर प्याकेजको पुरस्कार हेटौंडाका भुवन खत्रीले जितेका छन् । यसैगरी तेस्रो बम्पर उपहार पुरस्कार ४० हजार बराबरको स्मार्ट मोवाईल सेट हेटौंडा ४ निवासी निर्जल गोलेले जीतेको संयोजक न्यौपानेले बताए ।
त्यस्तै, स्मार्ट मोवाईट सेट ८ जनाले जितेका छन् । अर्धकट्टी तान्दा स्मार्ट फोनका भाग्यशाली विजेताहरुमा थाहा ब्रजबाहारीका आरोही सुवेदी, हेटौंडा १९ का भीमबहादुर बल, संगम थापा, मनहरीका रोयान प्रजा, निश्चल उप्रेति र राजेश कोइराला, भीमफेदीका बद्री खत्री र हेटौंडाका सन्च लामा रहेका छन् ।
एशोसिएसनले तीन जनालाई बम्पर पुरस्कार सँगै ११ जनालाई स्मार्ट फोन, २० जनालाई किप्याड फोन, ५० जनालाई स्मार्ट घडी, नेकव्याण्ड २ सय ५ जनालाई, स्मार्ट वाच ५० जनालाई, हेडफोन ४० जनालाई, छाता ३० जनालाई, एमआई इयरफोन ५० जनालाई, इयरवड्स १ सय ५ जनालाई, स्टाइलाइजर ५ जनालाई, वानप्लस व्याण्ड १५ जनालाई पुरस्कृत गरिएको म्यान मकवानपुरका अध्यक्ष नवराज चौलागाईले बताए ।
उनले भाग्यशाली विजेताहरुले म्यान मकवानपुरको कार्यालयमा सम्र्पक हुन आग्रह समेत गरेका छन् । एशोसिएसनको आधिकारिक फेसबुक मार्फत विजेताहरुको कुपन नम्बरका साथै नामावली प्रकाशसन गरिने बताए । पुरस्कार लिन आउँदा परिचय खुल्ने कागजपत्रका साथै कुपनको अर्धकट्टी ल्याउनुपर्ने समेत बताएका छन् । उनले आगामी वर्ष पनि अझै धेरै पुरस्कार सहितका उपहार कार्यक्रम ल्याउने प्रतिवद्धता गरेका छन् । एशोसिएसनले गत असोज १ गतेदेखी मंसिर ५ गते सम्म मोवाईल तथा मोवाईल मर्मत गर्नुका साथै एसोसेरिज खरिदमा पसलबाट ग्राहकलाई निशुल्क कुपन उपलब्ध गराएको थियो । मकवानपुर जिल्लाको एशोसिएसनको सदस्य रहेको पसलबाट उक्त कुपन लिने व्यवस्था गरिएको थियो ।
कार्यक्रममा नेपाल मोवाईल व्यवसायी महासंघका उपाध्यक्ष रमेश घिमिरे, छतेन्द्र आचार्य, बागमती प्रदेशका अध्यक्ष एसीस रिजाल, मधेश प्रदेशका अध्यक्ष मोहन कार्की, चितवन मोवाईल व्यवसायी संघका अध्यक्ष श्रीधर रेग्मी, उपहार कार्यक्रमका प्रायोजक विभिन्न ब्राण्डका कम्पनीहरुका प्रतिनिधि, म्यान मकवानपुरका प्रेस सल्लाहकार श्रीराम अर्जुन लगायतको आतिथ्यता रहेको थियो ।