मकवानपुर \ अखिल (क्रान्तिकारी) मकवानपुरले हेटौंडा ११ मा रहेको मामाघर नेपालमा आश्रितहरुलाई स्टेसनरी सामग्री हस्तान्तरण गरेको छ । विद्यार्थी एकता दिवसको अवसरमा मामाघर नेपालमा आश्रितहरुको अध्ययनलाई सहयोग पु¥याउने उद्देश्यले स्टेसनरी सामग्री हस्तान्तरण गरिएको अध्यक्ष बुद्धराज अर्यालले बताए ।
परिवार बिहीन भएका बालबालिकाहरुलाई आश्रय दिर्दै आएको मामाघर नेपालमा हाल २१ जना बालबालिकाहरु आश्रित छन् । २०७० सालमा स्थापना भएको मामाघर नेपालले आश्रय बिहीन बालबालिकाको संरक्षण, अध्ययन संगै बिभिन्न सीप सिकाई समुदायमा पुनःस्थापना गर्ने कार्य गर्दै आएको छ ।
हस्तान्तरण कार्यक्रममा प्रेस सेन्टर नेपाल को केन्द्रीय सदस्य ध्रुवराज ढकाल, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य राजेन्द्र मोक्तान, मकवानपुर जिल्ला सचिव छोईसाङ लामा, सहसचिव सुजन सिलवाल, जिल्ला सदस्य मिनेश पुडासैनी, प्रचण्ड बैज्यू, आयुश ठकुरी, ईश्वर ढुंगेल लगायतको उपस्थिति रहेको थियो । अखिल (क्रान्तिकारी) ले मामाघर नेपाललाई करिब १० हजार रुपैंया बराबरको कपी, कलम लगायत स्टेससनरी सामग्री हस्तान्तरण गरेकोे हो ।
वि.सं. २०२१ साल बैशाखको अन्तिम साता त्रिचन्द्र क्याम्पस विद्यार्थी युनियनको क्रियाशीलता र व्यवस्थापनमा उपत्यकाव्यापी अन्तर कलेज विद्यार्थी सम्मेलन सम्पन्न भयो । सम्मेलनले गोर्खा भर्ती केन्द्र खारेज गर्नुपर्ने, सबै राष्ट्रघाती र असमान सन्धिहरु खारेज हुनुपर्ने, स्वतन्त्र बिद्यार्थी युनियन स्थापनाको अधिकार बहाली गर्नुपर्ने, सम्पूर्ण बन्दी विद्यार्थीहरु बिनासर्त रिहा गर्नुपर्ने जस्ता माग राखेर आन्दोलन अघि बढाउने निर्णय भएको थियो । ५ दिनसम्म चलेको सम्मेलन सम्पन्न भएको खुसीयालीमा जेठ १ गते विद्यार्थीहरुले प्रदर्शन भएको विशाल जुलुसमाथि तत्कालिन पञ्चायती ब्यवस्थाले जुलुसमाथि गरेको दमनका कारण विद्यार्थी र प्रहरीबीच भिडन्त भयो ।
भिडन्तका कारण कैयौं विद्यार्थी र प्रहरी घाइते भए र १५० भन्दा बढी विद्यार्थीहरु गिरफ्तारीमा परे । त्यसपछि उपत्यकाव्यापी आम हडताल सुरु भयो । आन्दोलनको परिणाम स्ववियु स्थापना गर्न पाउने अधिकार बहाली र बन्दी विद्यार्थी रिहा लगायतका अन्य माग पुरा गर्न तत्कालिन पञ्चायती सत्ता सहमत भयो । यसरी विद्यार्थी आन्दोलनको जित भएको खुसियालीमा हरेक वर्ष जेठ १ गते विद्यार्थी एकता दिवशको रुपमा मनाइदै आएको छ ।