हेटौंडा \ हेटौंडाका व्युटि पार्लरका व्यवसायीहरुलाई लक्षित गरि एक दिने ट्रेनिङ तथा सेमीनार कार्यक्रम भएको छ । ट्रु डिमा, ट्रु मि र ट्रु स्किन ब्राण्डका पार्लरमा प्रयोग हुने सामाग्रीहरुको डेमो प्रदर्शनी तथा अनुभव साटासाट गरिएको थियो ।
ट्रु मि ब्राण्डका अध्यक्ष सुशान्त मुरक्काको अध्यक्षता तथा नायिक केकी अधिकारीको प्रमुख आतिथ्यतामा हेटौंडामा पहिलो पटक सेमीनार भएको हो । कम्पनीले उत्पादन गरिएका पार्लरमा प्रयोग हुने सामाग्रीहरुको प्रदर्शनी, डेमो प्रदर्शन, उक्त ब्राण्डका गण्डकी प्रदेश ब्राण्ड एम्वेस्टर एंव वरिष्ठ सौन्दर्यकर्मी चिनु गुरुङले आफ्नो अनुभव साटेकी थिइन् ।
गुरुङले बजारमा अवस्थ प्रतिस्पर्धा पनि छ, त्यसले आफैलाई घाटा हुने बताउँदै एकता गर्दै एकरुपताका साथ काम गर्न सके आम्दानी रहने बताईन् । प्रोडक्ट एउटै भएपनि शुल्क फरक रहन सक्छ अन्य सेवा सुविधा हेरेर सोही अनुरुप निर्धक्क भएको यस ब्राण्डका उत्पादित सामाग्री प्रयोग गर्न आग्रह गरिन् ।
ट्रेनिङ तथा सेमीनार कार्यक्रममा हाइलाइट प्लस कलर, केराटिन, नानो प्लास्ट, कपालको ट्रिटमेन्ट लगायतको डेमो प्रर्दशन गरिएको थियो । स्किन एलाइजरबाट कपालको अवस्थाबारे प्रष्ट थाहा हुने गुरुङले बताईन् । कार्यक्रममा चर्चित हेयर स्टाइलिस्ट सुरेश नापितले डेमो प्रदर्शनमा साथ दिएका थिए ।
सेमीनारमा सौन्दर्यकर्मी संघको केन्द्रीय अध्यक्ष अस्मिता श्रेष्ठ, कस्मेटिक व्यवसायी संघ मकवानपुरका अध्यक्ष राजदेव बानियाँ, नेपाल व्यूटिसियन संघका पदाधिकारी, सौन्दर्यसँग जोडिएका विभिन्न संगठनका अध्यक्ष एंव प्रतिनिधिहरु, ट्रु डिमा, ट्रु मि र ट्रु स्किन ब्राण्डको हेटौंडाको लागि आधिकारिक विक्रेता गोदा सप्लार्यसका प्रवन्धक माया पाठक लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा मकवानपुरका २ सय भन्दा बढी व्यूटिसियनहरुको सहभागिता रहेको थियो ।