हेटौंडा \ हेटौंडा ६ चौघडामा रहेको फ्रयाङ्कलिन एजुकेशन कन्सल्टेन्सीले अब हेटौंडा २ कान्तिराजपथको लक्की प्लाजाबाट सेवा प्रवाह गर्ने भएको छ । आगामी २७ गते शुक्रबार एक कार्यक्रमका बीच ओपनिङ सेरोमनीका साथै विद्यार्थीहरुलाई स्पट अफर लेटर प्रदान गरिने कार्यक्रम रहेको फ्रयाङ्कलिनका प्रबन्धक निर्देशक आलोक श्रेष्ठले बताए ।
हामीले चौघडाबाट सेवा दिएका थियौ, अब कान्तिराजपथबाट दिनेछौं, उनले भने । कन्सल्टेन्सीले युके, क्यानडा, युएसए, अष्ट्रेलिया, जर्मन, डेनमार्क, फिनल्याण्ड लगायत अन्य मुलुकमा उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरु पठाउँदै आइरहेको श्रेष्ठले बताए । शुक्रबार युके, क्यानडा, जर्मन र अष्ट्रेलियाका विभिन्न युनिभर्सिटीका प्रतिनिधिहरुको सहभागितामा ओपनिङ समारोह सञ्चालन हुने उनले बताए ।
उच्च शिक्षाका लागि ईच्छुक विद्यार्थीहरुलाई आफ्नो शैक्षिक प्रमाणपत्र सहित कार्यक्रममा सहभागिता जनाउनु श्रेष्ठले आग्रह गरेका छन् । युनिभर्सिटीका प्रोसेसरहरुकै उपस्थितीमा हुने भएकाले आफ्नो योग्यता अनुरुप प्रस्तुत हुन उक्त कार्यक्रममा सहभागी हुन आग्रह छ, बि टु बि कनेक्सन, स्पट अफर लेटर, सहभागीलाई प्रमाण पत्र प्रदान, विभिन्न उपहार तथा नगद पुरस्कार कार्यक्रम समेत छ, श्रेष्ठले भने । कार्यक्रमको लागि बैंकिङ पार्टनरको रुपमा एनएमबी बैंक रहेको उनले जनाए ।
प्रवन्धक निर्देशक श्रेष्ठ पनि युकेको एमबिए युनिभर्सिटी अफ वेल्सबाट उच्च शिक्षा लिएका हुन् । उनी लामो समय देखी हेटौंडामा फ्रयाङ्कलिन सञ्चालन गर्दै आइरहेका छन् । फ्रयाङ्कलिनले हेटौैंडा सहित काठमाडौं, पोखरा, लण्डन, क्यानडामा आफ्नो कार्यालय सञ्जालबाट सेवा प्रदान गर्दै आइरहेको श्रेष्ठले बताए ।