हेटौंडा \ हेटौंडा ६ चौघडामा रहेको फ्रयाङ्कलिन एजुकेशन कन्सल्टेन्सीले अब हेटौंडा २ कान्तिराजपथको लक्की प्लाजाबाट सेवा प्रवाह सुरु गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच ओपनिङ सेरेमोनीका कार्यक्रममा १७ जना विद्यार्थीहरुलाई स्पट अफर लेटर प्रदान गरिएको फ्रयाङ्कलिनका प्रबन्धक निर्देशक आलोक श्रेष्ठले बताए ।
कार्यक्रममा क्यानडाको लागि ३ जना, युकेको लागि ८ जना, अष्ट्रेलियाको लागि ६ जना विद्यार्थीलाई उच्च शिक्षाको लागि अफर लेटर प्रदान गरिएको श्रेष्ठले बताए । उद्घाटनको दिन करिब ७५ जना विद्यार्थीले अभिभावक सहितको उपस्थितीमा उच्च शिक्षाको बारे बुझेका थिए । युके, क्यानडा, जर्मन र अष्ट्रेलियाका विभिन्न युनिभर्सिटीका प्रतिनिधिहरुको सहभागितामा परामर्श कार्यक्रम भएको बताए ।
हामीले चौघडाबाट सेवा दिएका थियौ, अब कान्तिराजपथको लक्की प्लाजाबाट दिनेछौं, उनले भने । कन्सल्टेन्सीले युके, क्यानडा, युएसए, अष्ट्रेलिया, जर्मन, डेनमार्क, फिनल्याण्ड लगायत अन्य मुलुकमा उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरु पठाउँदै आइरहेको श्रेष्ठले बताए ।
उच्च शिक्षाका लागि ईच्छुक विद्यार्थीहरुलाई आफ्नो शैक्षिक प्रमाणपत्र सहित कार्यक्रममा सहभागिता जनाएका थिए । युनिभर्सिटीका प्रतिनिधिहरुकै उपस्थितीमा हुने भएकाले आफ्नो योग्यता शैक्षिक प्रमाणपत्र सहित सहभागी भएका थिए । कार्यक्रममा बि टु बि कनेक्सन, स्पट अफर लेटर, सहभागीलाई प्रमाण पत्र प्रदान, विभिन्न उपहार समेत प्रदान गरिएको श्रेष्ठले भने । नगद पुरस्कार आइतबार प्रदान गरिने जनाइएको छ ।
कार्यक्रमको लागि बैंकिङ पार्टनरको रुपमा एनएमबी बैंक रहेको थियो । प्रवन्धक निर्देशक श्रेष्ठ पनि युकेको एमबिए युनिभर्सिटी अफ वेल्सबाट उच्च शिक्षा लिएका हुन् । उनी लामो समय देखी हेटौंडामा फ्रयाङ्कलिन सञ्चालन गर्दै आइरहेका छन् । फ्रयाङ्कलिनले हेटौैंडा सहित काठमाडौं, पोखरा, लण्डन, क्यानडामा आफ्नो कार्यालय सञ्जालबाट सेवा प्रदान गर्दै आइरहेको श्रेष्ठले बताए ।
विभिन्न देशमा उच्च शिक्षाको लागि भौतारी रहेका विद्यार्थीको लागि फ्रयाङ्कलिन एजुकेशन कन्सल्टेन्सीमा परामर्शको लागि सहभागी जनाउन कन्सल्टेन्सी म्यानेजर नितिका श्रेष्ठले बताईन् । यस कार्यक्रममा ७५ जनाले परामर्श लिनुभयो, आगामी दिनमा पनि विभिन्न देशका युनिभर्सिटीका प्रतिनिधिहरुको उपस्थितीमा कार्यक्रम गरिने उनले बताए ।