२८ श्रावण, कैलाश \ मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ८ भार्तामा नेपाली कांग्रेस वडा समितिले बुधबार चियापान तथा कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गरेको छ । वडा सभापति सुनील मुक्तानको अध्यक्षता तथा मकवानपुर क्षेत्र २ का सभापति एंव कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सभापति मुक्तानले कैलाश भौगोलिक विकटताले विकासले गति लिन नसकेको बताएका छन् । आफुले गाउँपालिकाको नेतृत्व लिए पश्चात भने विस्तारै विकासको कार्यले गति लिइरहेको अवस्थामा अझै सोचे जस्तो सडक सञ्जाल लगायत अन्य भौतिक पूर्वाधारमा विकास गर्न असहज भएको बताए । आम जनताको अपेक्षा धेरै छ, उनीहरुको मागलाई सम्बोधन गर्न गाउँपालिकाको आन्तरिक स्रोत पनि धेरै नएकाले माथिल्लो सरकारमा निहित रहनुपर्ने अवस्था रहेको छ । तैपनि आफुले विभिन्न गैरसरकारी संस्थासँगको साझेदारीमा स्वास्थ्य, शिक्षा, खानेपानी, महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको मुक्तानले बताए ।
हामी क्रमिक रुपमा विकास गर्दै लैजाने हो, त्यसतर्फ सबैको ध्यान पुगोस्,। एकैचोटी विकास गर्न सकिन्न । तीन तहकै सरकारबीचको सहकार्यका विकासले फड्को मार्ने छ, उनले भने । उनले कम्युनिष्ट भनेको झुटको खेती गर्ने र कसरी नेतृत्वमा जाने सोच भरेर हिडिरहेको सभापति मुक्तानले बताए । ती त्यस्ता व्यक्तिदेखी सजग रहन उनले आग्रह गर्दै संविधानले कानून बमोजिम गाउँपालिकामा आउने बजेट पनि मैले ल्याएको भनेर भ्रम फैलाउन व्यस्त छन् हाम्रा माननीय, ती सब भ्रम फैलाइएको उनले बताए ।
सभापति मुक्तानले निरन्तर पार्टीको राजनीति गर्नेहरु निष्ठाका साथ काम गरिरहेको अवस्थामा पार्टीमा भएको अन्तरद्धन्द अन्त्य गरि राजनीतिलाई सामाजिक सेवाको रुपमा लिएर अघि बढ्न आग्रह गरेका छन् । कांग्रेसको जीत नै आम नागरिकको जीत हो, कम्युनिष्टको जीतले अघिल्लो कार्यकालमा हामीले देखि सकेको उनले बताए । संघीयता पश्चातमात्रै हाम्रो गाउँघरमा विकास भएको हो, नत्र भने हामी पहिल्यैकै अवस्थामा हुन्थ्यौ होला ।
कार्यक्रममा गाउँपालिकाका सभापति एंव वडा नम्बर २ का वडाध्यक्ष राजेन्द्र घिसिङले विचार र भावना एउटै हो । पदमा भएपनि नभए पनि पार्टीमा सक्रियता बढाउनुपर्ने बताए । उनले नेतृत्वमा रहेपछि गाली र ताली दुबै ग्रहण गरि पार्टी र कार्यकर्तालाई अघि बढाउनुपर्ने बताए । हामीलाई विकासको आवश्यकता छ । कच्ची भएपनि सडक घरछेउ पुर्याउनुपर्ने छ त्यो हाम्रो समस्या हो । अहिले मर्मत गर्न नै समस्या छ । उनले संगठनमा सबै सक्रिय रहनुपर्ने बताउँदै वडा, पालिका र क्षेत्रमा छुट्टै नेतृत्व छ, अब सबै तहगत सक्रिय हुँदै पार्टीलाई चलायमान गरिनुपर्ने बताए ।
कार्यक्रममा गाउँपालिकाका सचिव एंव वडा ८ का वडाध्यक्ष आशिष प्रजाले पार्टीका साथीहरुले गाउँपालिका र वडाबाट भइगरेका कामहरुको प्रचारप्रसार गरिनुपर्ने बताए । वडा, पालिका र बागमती प्रदेशमै हाम्रो सरकार रहेको बेला वडामा भएका विभिन्न योजनाबारे गाउँघरमा प्रचार गर्नुपर्यो, हाम्रो नेतृत्वमा भएको काम सबैले थाहा पाउन आम जनताले, उनले भने । कांग्रेसले ढाट्दैन, बोलेको काम पुरा गर्छ, कांग्रेसप्रति विश्वास गर्न उनले आग्रह गरे ।
कार्यक्रममा सल्लाहकार पूर्णसिं मुक्तान, लोकतान्त्रिक आदिवासी जनजाती महासंघ क्षेत्र २ का सभापति रोशन मुक्तान, गाउँपालिका कार्यसमिति सदस्यहरु विष्णुलाल प्रजा, रामकुमार लामा, लक्ष्मी तामाङ, नेवि संघका केन्द्रीय सदस्य बुद्धलाल लामा सिंतान लगायतले आफ्नो भनाई राखेका थिए । सोहीअवसरमा कार्यक्रममा सहभागीहरुले पार्टी र स्थानीय सरकारले गरेका काम कारबाहीबारे गुनासा, समस्या र आगामी दिनहरु कसरी अघि बढ्ने विषय उठान गरेका थिए ।