हेटौंडा \ हेटौंडामा मोवाईल खरिद तथा मर्मतका दशैं तिहार बम्पर योजना सुरु भएको छ । मोवाईल एशोसिएसन अफ नेपाल(म्यान) मकवानपुरले बुधबार बम्पर उपहार योजना कार्यक्रम उद्घाटन गर्दै ५ गते विहीबारबाट लागु हुने गरी योजना सुरु भएको हो ।
म्यान मकवानपुरका अध्यक्ष हरिप्रसाद न्यौपानेको अध्यक्षता तथा नेपाल मोवाईल व्यवसायी महासंघ बागमती प्रदेशका अध्यक्ष एसीस रिजालको प्रमुख आतिथ्यतामा बम्पर योजना कार्यक्रमको उद्घाटन गरिएको हो । दशैं, तिहार, छठपर्वको अवसरमा चाडपर्व लक्षित मकवानपुरका दुई सय भन्दा धेरै व्यवसायीहरुबाट एकै किसिमको उपहार प्रदान गर्ने उद्देश्यले संस्थागत रुपमा उपहार योजना ल्याएको अध्यक्ष न्यौपानेले बताए ।
बम्पर योजनामा बीस हजार कुपन मकवानपुरका मोवाईल पसलमा एक हजार भन्दा बढीको सामान खरिदमा ग्राहकलाई कुपन उपलब्ध गराइने योजना कार्यक्रमका संयोजक एंव म्यान मकवानपुरका वरिष्ठ उपाध्यक्ष राजकुमार दाहालले बताए । उनका अनुसार बम्पर उपहारमा एक जनालाई टिभिएसको स्कुटर, स्क्रयाच कुपन मार्फत चार सयजनालाई इयरवर्डस, ५ हजार जनालाई माई पावर कम्पनीको इयरफोन तथा लक्की ड्र मार्फत २ जनालाई १८० लिटरको फ्रीज, ३ जनालाई ३२ ईन्चको स्मार्ट टेलिभिजन प्रदान गरिने संयोजक दाहालले बताए ।
उपहार योजना कार्यक्रम भोली विहीबार देखी पौष ५ गते सम्म लागु रहनेछ, उनले भने । पुरस्कार वितरण पौष १७ गते बृहत साङ्गीतिक कार्यक्रम गरी प्रदान गरिने छ । कार्यक्रमको मुख्य प्रायोजक साओमी ब्राण्ड रहेको छ । साओमी सँगै विभिन्न अन्य मोवाईलका ब्राण्ड र हेटौंडाका मोवाईल व्यवसायीहरुको सहयोग रहने दाहालले बताए ।
यो योजना मकवानपुरको हेटौंडा क्षेत्र सँगै मनहरी, थाहानगर, पुर्वीक्षेत्रका मोवाईल व्यवसायमा समेत लागु हुने अध्यक्ष न्यौपानेले बताए । कोष खडागर्ने हेतुले सुरु भएको बम्पर उपहार योजना गतवर्ष पनि सञ्चालन भएको थियो ।
कार्यक्रममा म्यान मकवानपुरका निवर्तमान अध्यक्ष नवराज चौलागाई, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, म्यान मनहरी क्षेत्र अध्यक्ष हीमशिखर ब्लोन, म्यानका पूर्व अध्यक्ष दिनेश लामा, महासंघ प्रदेश महासचिव विज्ञान घिमिरे, म्यानका सल्लाहकार कुमारमणी त्रिपाठीलगायतको आतिथ्यता रहेको थियो ।