मनहरी \ बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले जनताकाे भाेटकाे सम्मान गर्दै जनमुखी काम गर्ने प्रतिवद्धता जनाएका छन् । प्रदेश मुख्यमन्त्री नियुक्त भएपछि पहिलाे पटक आफू निर्वाचित क्षेत्रमा आयाेजित ओैपचारिक कार्यक्रममा सहभागी बानियाँले गरिबमुखी, जनमुखी, आयमुखी र न्यायमुखी काम गरी प्रदेशकाे समग्र विकासमा काम गर्ने अठाेट व्यक्त गरेका हुन् ।
मुख्यमन्त्रीकाे निर्वाचन क्षेत्र मकवानपुर क्षेत्र नम्बर २ (ख) स्थित मनहरी गाउँपालिकाले बुधबार आयाेजना गरेकाे मुख्यमन्त्रीकाे स्वागत तथा तीज विशेष सांस्कृतिक कार्यक्रममा बाेल्दै बानियाँले आफ्नाे निर्वाचन क्षेत्रका जनताकाे भावना र मर्मलाईसमेत मध्येनजर गर्दै निष्पक्ष ढंगबाट जिम्मेवारी पूरा गर्ने बताए । 'मलाई प्रदेशसभा सदस्य निर्वाचित गराउन मनहरीका जनताले पनि ठुलाे याेगदान गरेका छन् ।
यस भेगका जनताले विश्वास गरेर जिताएकै कारण म मुख्यमन्त्री बन्न सकेँ अब यस भेगका सबै जनताकाे आवश्यकतालाई मध्यनजर गरी याे वा त्याे पार्टी नभनी विकास गर्नु मेराे कर्तव्य हाे ।' बानियाँले भने । मनहरी गाउँपालिकाकाे लामिटार चकरी मकरी सडकलाई विशेष प्राथमिकता दिई कालाेपत्रे गर्नुका साथै अन्य पुल तथा सडक र अन्य पूर्वाधार विकासमा पनि आफूले ध्यान दिने बानियाँले विश्वास दिलाए । महिलाहरुकाे महान पर्व हरितालिका तीजलाई सभ्य भव्य र सुसंस्कृत ढङ्गले मनाउन पनि बानियाँले सुझाव दिए ।
गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रदेशका आर्थिक मामिला तथा याेजना मन्त्री प्रभात तामाङ, खानेपानी उर्जा तथा सिञ्चाई मन्त्री कृष्णकुमार तामाङलगायतकाे आतिथ्यता रहेकाे थियाे । कार्यक्रमकैबीच मनहरी गाउँपालिकाले आफ्नाे क्षेत्रबाट निर्वाचित सांसद बानियाँ मुख्यमन्त्रीमा नियुक्त भएकाेमा खुसी व्यक्त गर्दै बधाई ज्ञापनसहित सम्मानपत्रसमेत गरेकाे थियाे ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, नेपाली काँग्रेसकी प्रतिनिधि कमला मैनालीलगायतले मन्तव्य व्यक्त गरेका थिए । मुख्यमन्त्री बानियाँले बुधबार नै मनहरी स्थित आफ्नाे निर्वाचन क्षेत्रमा रहेकाे सम्पर्क कार्यालयमा पुगी आम नागरिकका समस्या र गुनासा सुनेका थिए ।