समाचार

बडादशैको अवसरमा बकैयामा कांग्रेसको शुभकामना तथा चियापान

बकैया \ नेपालीहरुको महान चाड बडादशैको अवसरमा मंगलबार मकवानपुरको पूर्वी क्षेत्र बकैया गाउँपालिका २ कांग्रेसले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ । कांग्रेस बकैया २ का वडासभापति अर्थमान पाख्रिनको सभाध्यक्षता तथा नेपाली कांग्रेस मकवानपुरका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेको प्रमूख आतिथ्यतामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम भएको हो । कार्यक्रममा कांग्रेस मकवानपुरका सचिव बुद्ध लामा, […]

प्रथम गाउँपालिका स्तरिय रनिङ शिल्ड भलिबल प्रतियोगिता हुदैं

सिधाखबर \ मकवानपुरगढी गाउँपालिकामा प्रथम गाउँपालिका स्तरिय रिनङ शिल्ड पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । बडा दशैंको अवसर पारेर मकवानपुरगढी वडा ६ मा रहेको सनराइज युथ क्लबको आयोजनामा प्रतियोगिता हुन लागेको क्लबका अध्यक्ष प्रेम बहादुर स्याङ्तानले बताए । मकवानपुरगढी गाउँपालिकाको प्रायोजनमा हुन लागेको प्रतियोगितामा ९ वटा समूहले सहभागिता जनाएको स्याङ्तानले जनाए । भोली १५ […]

दशैंको शुभकामना दिदैं मुख्यमन्त्री पौडेलले भने विकृति रहित चाडपर्व मनाऔं

सिधाखबर \ प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आउदै गरेको वडा दशैंको शुभकामना दिदै नेपालीहरुले मनाउने चाडपर्वहरु विकृति रहित मनाउन आग्रह गरेका छन्, । आज मकवानपुरका पत्रकारहरु संग दशैं शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले फजुल खर्च गरेर चाडपर्व नमनाउन आग्रह गरेका छन्, । मुख्यमन्त्रि तथा मन्त्रीपरिषद्को कार्यालयमा शुभकामना दिदैं सरकारले गरेका राम्रा कामलाई प्रचारप्रसारमा पत्रकारको […]

सभामुख महरा राजीनामाको तयारीमा

 काठमाडौं \ आफ्नै सचिवालयमा कार्यरत कर्मचारीमाथि दुर्व्यवहारको आरोप खेपेका संघीय संसदका सभामुख कृष्णबहादुर महरा राजीनामा दिने मनस्थितिमा पुगेका छन् । उसो त उनलाई उनकै पार्टीका नेताहरुले समेत राजीनामा दिन सुझाइसकेका छन् । उनले राजीनामा या महाभियोगको सामना गर्नुको विकल्प पनि त थिएन । उनकै शीर्ष नेताहरुकै सल्लाहमा राजीनामाको तयारी गरेका हुन् । अब के गर्ने […]

काङग्रेसको वडा ९ मा शुभकामना आदानप्रदान

सिधाखबर \ नेपाली कांग्रेस हेटौंडा ९ वडा समितिद्धारा आयोजित विजया दशमीको पूर्व सन्धामा दशैं, दीपावली, नेपाल सम्वत एवं छठ पर्वको आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ । नेपाली कांग्रेस वडा ९ सभापति वीरेन्द्र लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा कार्यबहाक सभापति विष्णु लामिछानेको प्रमुख अतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै लामिछानेले चाडपर्वले सम्पूर्ण नेपालीहरुलाई जोड्ने […]

दशैंको पूर्वसन्धामा बजार अनुगमन, अखाद्य वस्तु जफत

हेटौंडा \ नेपालीहरुको मुख्य चाडवाडहरु नजिकिदै गर्दा हेटौंडा बजारमा अनुगमन तिव्रता गरिएको छ । आज सोमबार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौडाले अनुगमन गरेको छ । कार्यालयका प्रमुख सोमकान्त अर्यालको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, उपभोक्ता समितिहरुको संयुक्त टोलीले हेटौंडा ४ स्कुल रोड र हेटौंडा १० टिसिएनरोडमा रहेका खाद्य, मिठाई तथा किराना पसलको अनुगमन गरिएको […]

प्रहरी दिवसको अवसरमा हेटौंडामा रक्तदान

हेटौंडा \ ६४औ प्रहरी दिवसको अवसरमा ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौडाको आयोजनामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ। ६४ औ प्रहरी दिवसको अवसर पारेर ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौडाले रक्तदान कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक प्रहरी निरीक्षक देव राज काफ्लेले जानकारी दिएका छन्। ३नम्वर प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रहरी प्रमुख डिआइजी शेरबहादुर बस्नेतले ब्लड […]

सहकारीकर्मीलाई संरक्षित पुँजी फिर्ता कोषबारे अनुशिक्षण

सिधाखबर \ हेटौंडामा आज मकवानपुरका विभिन्न बचत तथा ऋण सहकारीका व्यवस्थापक तथा संचालक समितिका प्रतिनिधिलाई संरक्षित पुँजी फिर्ता कोष र सम्पती शुद्धिकरण निवारण बारे एक दिने अनुशिक्षण कार्यक्रम भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)को मकवानपुर फिल्ड कार्यालयको आयोजनामा भएको कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष राधा सिन्तानको प्रमुख […]

भीमफेदीमा रहेको बाल गृहलाई खसी प्रदान

हेटौंडा \ महिला सशक्तिकरण तथा गरिवी निवारण समुह नेपालले मकवानपुरको पूर्व सदरमुकाम भीमफेदीस्थित बाल गृहलाई खसी प्रदान गरेको छ । नेपाल बाल संगठनद्धारा सञ्चालित बाल गृहमा आश्रित बालबालिकालाई दशैँ मनाउन संस्थाले खसी प्रदान गरेको हो । महिला सशक्तिकरण तथा गरिवी निवारण समुह नेपालका अध्यक्ष ईन्दिरा न्यौपानेले आज हेटौँडामा एक कार्यक्रमकाबीच संगठनका अध्यक्ष रमेश गिरीलाई खसी […]

महिला लघुवित्तद्धारा ८८ हजार सहयोग रकम हस्तान्तरण

सिधाखबर \ महिला लघुवित्त वित्तीय संस्था लि.हेटौंडा शाखाले विन्दुकुमारी भोम्जनलाई आर्थिक सहयोग गरेको छ । गत भदौं २० गते स्कुटर दुर्घटनामा परि उनको श्रीमान विर बहादुर पाख्रिनको निधन भएको थियो । संस्थाको राहत कोषबाट रकम ८८ हजार आज भोम्जनलाई हस्तान्तरण गरिएको थियो । हेटौंडा १५ रातोमाटेमा बस्ने भोम्जन गोदावरी महिला केन्द्र नम्बर ४४ को शेयर […]

आर्किडस ग्लोबलको २९ औं शाखा हेटौंडामा विस्तार

सिधाखबर \ आर्किडस ग्लोबल प्रालिको २९ औं शाखा हेटौंडामा सञ्चालन भएको छ । हेटौंडा उपमहानगरका मेयर हरि बहादुर महतले आज एक कार्यक्रमका बीच उद्घाटन गरेका थिए । नेपालको विभिन्न मुख्य शहरहरुमा शाखा रहेको र प्रदेश ३ को राजधानीमा यसको शाखा सञ्चालन गरिएको कम्पनीका प्रवन्धक निर्देशक मुकेश कुमार शाहले बताए । कम्पनीमा बालबच्चा सहित लेडिज एण्ड […]

आजबाट बडादशैँ सुरु

मकवानपुर \ प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरूको महान् पर्व बडादशैँ आइतबारदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ मनाइन्छ । बडादशैँको पहिलो दिन आइतबार घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । घटस्थापनाको साइत बिहान १०ः ३५ मा […]

महिला एकताले ४ चार करोड ९७ लाख लगानी

सिधाखबर \ भीमफेदी गाउँपालिका वडा २ भैसेंमा रहेको महिला एकता बचत तथा ऋण सहकारी संस्थाको २१ औं वार्षिक साधारण शनिबार भएको छ । संस्थाले एक वर्षमा आफ्ना शेयर सदस्यलाई ४ करोड ९७ लाख ६४ हजार ४२५ ऋण लगानी गरेको छ । ६ करोड ४४ लाख ७९ हजार ९१४ रुपैंया कारोबार गरेको छ । ६७ लाख […]

नारायणी सहकारीले १४ करोड ७९ लाख ऋण लगानी

सिधाखबर \  हेटौंडा ९ पशुपतिनगरमा रहेको नारायणी बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना शेयर सदस्यलाई १४ करोड ७९ लाख १८ हजार २०८ रुपैयाँ रकम लगानी गरेको छ । आव २०७५/७६मा उक्त रकम लगानी गरिएको शनिबार सम्पन्न साधारण सभाको प्रस्तुत गरिएको प्रतिवेदनमा उल्लेख रहेको थियो । ३ करोड ८८ लाख ६३ हजार ७०० शेयरपुजीँ रहेको सहकारीले लामो समयदेखि […]

क्यान्सर पीडित कार्यपालिका सदस्य खुलालको निधन

हेटौँडा \ हेटौंडा उपमहानगरपालिकाकी कार्यपालिका सदस्य एवं वडा नम्बर १४ की सदस्य रुपा खुलालको शनिबार निधन भएको छ । ३ बर्षदेखि क्यान्सर रोगबाट पीडित उनको उपचारका क्रममा चितवनको भरतपुरस्थित मोर्डन अस्पतालमा मृत्यु भएको हो । स्तन क्यान्सरबाट पीडित उनको उपचारका लागि आर्थिक अभाव भएका कारण उनको आग्रहमा आर्थिक सहयोग समेत जुटिरहेको थियो । क्यान्सरको उपचारका […]

प्रतियोगिता जित्दै नेविसंघले खसि कब्जा

हेटौंडा \ नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ मकवानपुरले अयोजना गरेको अन्तर भातृ संगठन शुभकामना फुटसल प्रतियोगितामा नेपाल विद्यार्थी संघ मकवानपुर विजयी भएको छ । खेलमा नेपाल प्रेस युनियन, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ र लोकतान्त्रिक खेलकुद संघ मकवानपुर सहभागिता रहेको थियो ।  खेलमा फाइनलमा पुगेको विद्यार्थी संघले तरुण दललाई ८–७ गोल अन्तरले […]

महिला जनशक्तीमा पुःन दंगालकै नेतृत्व

सिधाखबर \ हेटौंडा १५ चुरियामाईमा रहेको महिला जनशक्ती बचत तथा ऋण सहकारीको १९ औं वार्षिक साधारण सभा तथा ८ औं अधिवेशनबाट पुःन जुना दंगालकै अध्यक्षतामा ९ सदस्यीय समिति चयन भएको छ । कार्यसमितिमा दुई सदस्य बाहेक सबैजना पुःन आफ्नो पदमा चयन भएका छन्, । समितिको उपाध्यक्षमा मिना अधिकारी, सचिवमा कमला कुमारी तामाङ, कोषाध्यक्षमा निर्मला घलान […]

सर्वोतमको ३५ लाख ५८ हजार शेयरपुँजी

सिधाखबर \ हेटौंडा ८ कमानेमा रहेको सर्वोतम बचत तथा ऋण सहकारी संस्थाको शेयरपुँजी ३५ लाख ५८ हजार ६५० पुगेको छ । आज सम्पन्न भएको १२ औं वार्षिक साधारण सभा सम्ममा उक्त शेयरपुँजी पुगेको प्रस्तुत गरिएको प्रतिवेदनमा उल्लेख रहेको थियो । सर्वोतम तेल र पिठोलिटोको उत्पादन गर्दै आइरहेको सहकारीले सदस्यहरुलाई १करोड १९ लाख ४६ हजार १२४ […]

वागेश्वरी महिलाले १० करोड १४ लाख लगानी

सिधाखबर \ हेटौंडा ११ मा रहेको बागेश्वरी महलिा बचत तथा ऋण सहकारीले संस्थाले एक वर्षमा १० करोड १४ लाख ९६ हजार ५९८ ऋण लगानी गरेको छ । ऋणको विभिन्न प्रकारहरुमा उक्त रकम लगानी गरिएको आज सम्पन्न ११ औं वार्षिक साधारण सभाको प्रतिवेदनले जनाएको छ । १ करोड ३८ लाख ३१ हजार ५०० शेयरपुँजी रहेको सहकारीले […]

सम्पादक श्रीराम अर्जुन सम्मानित

सिधाखबर \ हेटौंडाबाट न्यू मिडिया एकेडेमी प्रालिद्धारा सञ्चालित सिधाखबर डटकमका सम्पादक श्रीराम अर्जुन सम्मानित भएका छन्, । हेटौंडा १५ मा रहेको महिला जनशक्ती बचत तथा ऋण सहकारी संस्थाको १९ औं वार्षिक साधारण सभामा उनी सम्मानित भएका हुन्, । प्रदेश सभाका सदस्य जुनेली श्रेष्ठले सम्पादक श्रीराम अर्जुनलाई नगद सहित सम्मान पत्रले सम्मानित गरेकी थिईन्, । लामो […]