पार्टी एकीकरण पूर्ण नहुँदा कार्यकर्तामा निराशा : बरिष्ठ नेता नेपाल ( भिडियो सहित )

२७ माघ २०७५, आईतवार १५:१८

सिधाखबर \ नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाललले पार्टी एकीकरण पूर्ण नहुँदा कार्यकर्तामा निराशा छाएको बताउनु भएको छ । आज हेटौंडामा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता नेपालले पार्टी एकीकरण टुंग्याउन ढिला भएको टिप्पणी गर्दै अब तत्काल पार्टी एकीकरणको सवै प्रक्रिया टुंग्याउन जरुरी रहेको बताउनु भयो । उहाँले पार्टी एकीकरण पूर्णरुपमा टुंग्याउन जति ढिला हुन्छ त्यति नै कार्यकर्तामा निराशा बढ्दै जाने बताउनु भएको छ । ‘उहाँले पार्टी एकता टुंग्याउनका लागि सिनियरलाई पहिलो प्राथमिकता र जुनियरलाई दोस्रो प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने औंल्याउनु भएको छ ।

उहाँले पछिल्लो समय नेकपाभित्र भेनेजुयलाको विषयलाई लिएर हाल पार्टी भित्र देखिएको समस्याको समाधान तत्काल खोज्न जरुरी रहेको औंल्याएका छन् । सरकारमा केहि कमजोरी रहेको भन्दै त्यसलाई सुधार गरेर अघि बढनुपर्ने भएको भन्दै नेता नेपालले सरकारको कमजोरीको विषयमा सचिवालयस्तरमा गम्भिर छलफल हुने बताउनु भयो । तीनै तहको सरकारले शुसासनमा जोड दिनुपर्ने भन्दै पुर्व प्रधानमन्त्री नेपालले भ्रष्ट्राचार नियन्त्रण तथा विकासको कामलाई प्राथमिकता दिनुपर्ने बताउनु भएको छ । यसैबीच, नेता नेपालले नेपाली कांग्रेस फ्रस्टेसनको शिकार भएको बताउनु भयो ।

नेपाली कांग्रेसले भ्रष्ट्राचार न्युनिकरण, सामाजिक कुरितीको विषयमा विरोध गर्नु राम्रो भएको भए पनि विना कारणको माग राख्दै आन्दोलन गर्नुको कुनै तुक नभएको उहाँको भनाई छ । आफ्नो नेताले भ्रष्ट्राचार गर्दाचैँ चुप बस्ने अनि अरुको सानो गल्ति खोज्दै हिडने प्रबृत्ति ठिक नभएको उहाँले बताउनु भयो । नेता नेपालले राजधानिको विषयमा आफु नबोल्ने बताउनु भयो । पत्रकारहरुले प्रदेशको स्थायी राजधानीको विषयमा प्रश्न गरेपछि उहाँले यो प्रदेश सरकारको अधिकारको विषय भएकोले आफुले नबोल्ने बताउनु भयो । यस्तै, कार्यक्रममा बोल्दै नेता नेपालले एक मधेश एक प्रदेश या मधेशलाई छुट्टै बनाउने कुरा कुनै पनि नेपालीलाई स्विकार्य नहुने बताउनु भयो । सच्चा नेपालीले मधेशलाई अलग बनाउने सोच राख्न नसक्ने भन्दै उहाँले मधेशमा हाल कुनै पनि प्रकारको विवेध नरहेको समेत दाबी गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*