मकवानपुर प्रहरीले गाँजा सहित गणेश थापा पक्राउ

२३ असार २०७६, सोमबार १८:४१

हेटौँडा \ मकवानपुर प्रहरीले अवैध लागुऔषध गाँजा सहित मकवानपुरका एकजनालाई हेटौँडामा पक्राउ गरेको छ । मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको बा. १२ च ८५५६ नम्बरको कारलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी निरीक्षक पवन कुमार झा को टोलीले आज पूर्व–पश्चिम सडक खण्डको थानाभर्यााङमा चेकजाँच गर्दा कारको पछाडी डिक्कीमा लुकाई छिपाई राखेको रातो प्लाष्टिकले बेरेको ६ वटा पोकामा ८५.६ किलोग्राम गाँजा बरामद गरेको हो ।

पक्राउ पर्नेमा जिल्ला मकवानपुर कैलाश गाउँपालिका वडा नम्बर १ घर भई हाल जिल्ला चितवन इच्छाकामना गाउँपालिका वडा नम्बर ७ बस्ने बर्ष ३० को गणेश थापा रहेका छन. । गाँजा बोक्ने कारलाई समेत नियन्त्रमा लिई आवश्यक अनुसन्धान गरिरहेको मकवानपुर प्रहरीले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

थापालाई लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम दण्ड सजाय २ वर्ष देखि १० वर्ष सम्म कैद र १ लाख देखि २० लाख सम्म जरिवाना र कारसमेत जफत  हुन सक्ने प्रहरीले जनाएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*