प्रेम गीत ३ रिलीज नहुँदै मनिष बने डक्टर डेनिमको ब्राण्ड एम्बेसडर

७ श्रावण २०७६, मंगलवार १३:१२

सिधाखबर \ प्रेम गीत ३ अहिले चर्चामा रहेको चलचित्र हो । २ सिरिजको सफल्ताले बोल्ड बनाएको यसको ब्राण्ड भ्यालु हवात्तै बढेको छ । यो चलचित्रमा काम गर्न कलाकारहरु तछाडमछाड गर्छन भनौ अडिसन दिएर पास गरेपछि मात्र काम गर्न पाईने छ । यसै बिच प्रेम गीत ३ मा डेब्यु गर्न लागेका कलाकार मनिष राउतले रिलीज नहुँदै डक्टर डेनिमको ब्राण्ड एम्बेसडर बन्ने अबसर पाएकाछन् त्यो पनि महंगो पारीश्रमिक लिएर । एउटा पनि चलचित्रमा अभिनय नगरेतापनि मनिष दर्शकसामु चर्चितबनिसकेको आभास छ चलचित्र नगरीमा । बिशेष गरी उनको लुक्सबाट प्रभावित दर्शकले उनलाई यसै बर्ष प्रेम गीत ३ मा हेर्न पाउनेछन् ।

मनिषको फोटोहरु,प्रेम गीत ३ को क्यारेक्टर,इन्ट्रो पोस्टर, तथा प्रेम गीत ३ सम्बन्धित केहि भिडियोहरु हेरेर नै उनिमाथी लगानी गर्ने डक्टर डेनिम नामक ब्रान्डले मनिषलाई ब्रान्ड एम्बेसडर बनाएको हो ।बजारमा डक्टर डेनिम नामक ब्रान्डले एक क्लोथिङ्ग ब्राण्ड ल्याउने  तयारी गरीरहेको छ । डक्टर डेनिम नामक ब्राण्डले भदौ महिना देखी बिक्रि शुरु गर्ने ब्राण्डका संचालक लेखनाथ गौतमले बताए । हामीले प्रेम गीत ३ सम्बन्धित विभिन्न सामग्रीहरु हेरेपश्चात उहाँलाई ब्राण्ड एम्बेसडरको रुपमा लिएका हौँ । अहिले देखी नै उहाँको चर्चा र लुक्सबाट हामी एकदमै प्रभावित छौँ । अबको पाँच बर्षमा डक्टर डेनिम र मनिष राउत सँगै यो देशका स्टार बन्नेछन् लेखनाथले बताए ।

पुरुषहरुका लागि हरेक प्रकारका कपडाहरुको बिक्रि गर्ने डक्टर डेनिम नामक ब्राण्डले महंगो रकममा मनिषलाई एम्बेसडर बनाएको छ । नेपाल तथा अन्य केहि मुलुकमा एकसाथ आउने लागेको डक्टर डेनिमसँग पाँच बर्षको लागि उनि आवद्द भएका हुन् । म आँफै अचम्ममा परेको छु कि मैले कुनै पनि चलचित्रमा अभिनय नगर्दै मेरो डिमाण्ड भईसकेछ । चलचित्र रिलीज भएपछि के हुन्छ थाहा छैन तर यसबाट मैले धेरै मेहनत गर्नुपर्ने जिम्मेवारी थपिएको छु, मनिषले भने । डक्टर डेनिम लाई नेपालको नम्बर एक जेन्ट्स् क्लोथिङ्ग ब्राण्डको रुपमा अगाडी लैजान आफुले भरपुर मेहनत गर्ने मनिषले बताए ।

भदौ देखी यो ब्रण्डको कपडाहरु बजारमा आउने बताईएको छ । मनिषले अब देखी अभिनय गर्ने चलचित्रहरुमा पनि डक्टर डेनिमकै कपडा प्रयोग हुने गौतमको भनाई छ । हामीलाई बजार ब्यबस्थापन गर्नमा पनि मनिषको सहभागीताले सहयोग मिल्ने गौतमले बताए । संचालक लेखनाथले हेटौडाबाट ब्यबसाय सुरुगरेका ब्यबसायीहुने । उनले हेटौडाको राप्तीरोडबाट युनिक फेन्सी संचालन गर्दै आएका थिए । पछिल्लो ५ बर्ष देखी काठमाण्डौको रञ्जना कम्पलेक्सबाट फेन्सी होलसेल ब्यबसाय सुरु गरेका उनले डक्टर डेनिम नाम राख्दै आफनै ब्राण्ड बजारमा ल्याउन लागेको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*