पत्रकार संगको भेटघाटमा सिडियो जोशी भन्छन्, भरिया होइन किन्नेबेच्ने समात्छु

२२ भाद्र २०७६, आईतवार १६:३४

सिधाखबर \ केहि दिन ललितपुरबाट मकवानपुर सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले मकवानपुरबाट गाँजा ओसार प्रसार गर्ने भरिया होइन किनबेच गर्ने मानिस समात्ने बताएका छन्, ।

आज मकवानपुरका पत्रकारहरु संगको भेटघाट कार्यक्रममा प्रजिअ जोशीले मकवानपुर जिल्ला गाँजा उत्पादन संगै लागुपदार्थ ओसारप्रसार गर्ने रुट रहेकोले प्रायः भरियाहरु मात्रै प्रक्राउ परिरहेको बेला अब किनबेच गर्ने समेत प्रक्राउ गरिने बताएका हुन्, ।

आफु मकवानपुरको विभिन्न विषय मध्ये हेटौंडा बजारको २५ मिटर सडक विस्तार, गाँजा उत्पादन, राजमार्गमा हुने अत्याधिक दुर्घटना र खोलाको ग्राभल र वालुवा उत्खनन खोल्ने र बन्द हुने विषयमा चासो दिएको बताए । मजदुर र कलकारखानाबीचको विवादहरु रहेकोले सहज ढङ्गले सहजीकरण गरिने समेत बताए । जिल्ला प्रदेश ३ को राजधानी समेत रहेकोले सुशासनलाई चुस्तदुरुस्त बनाई काम गर्ने समेत बताए ।

पत्रकारहरुले चाडपर्वको बेला कालोबजारी हुने उपभोक्ता ठगिने, यातायातमा दोब्बर भाडा असुल्ने जस्ता क्रियाकलाप हुने भएकाले त्यस बेला प्रशासन कार्यालय चुस्त भई निगरानी र चेतावनी दिनका लागि आग्रह गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*