सरसफाई संगसगैं शुभकामना आदानप्रदान

१५ आश्विन २०७६, बुधबार १६:२६

सिधाखबर \ सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक सेवा केन्द्र पशुपतिनगर र श्री टासी छोइलिङ्ग बौद्ध दर्शन गुम्बा हेटौडा १३ पदमपोखरी द्वारा संयुक्त सरसफाई तथा विजया दशमी,शुभ दीपावली र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम भएको छ ।

श्री टासी छोईलिगं बौद्ध दर्शन गुम्बाका अध्यक्ष लक्ष्मी थिङगको अध्यक्षतामा भएको कार्यक्रममा सशस्त्र १४ नं.गणका प्रमुख विकास घिमिरेको प्रमुख आथित्यता रहेको थियो । वडा १३ का अध्यक्ष मनोज कुमार वाईवा, इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरिक्षक अरुण कुमार कुशुवाहको विशेष अतिथ्यता रहेको थियो ।

शुभकामना आदान प्रदान कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष राम विष्ट, सामुदायिकका संस्थापक एवं पूर्व अध्यक्ष कुमार पौडेल, उपभोक्ता मञ्चका उपाध्यक्ष कपिल अर्याल, सचिव नवराज कोइराला, सदस्य बिमला लामा, टोल विकास संस्थाका अध्यक्ष शंकर बहादुर रोक्का लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले शुभकामना व्यक्त गरेका थिए ।

शुुभकामना पश्चात गुुम्बा, मन्दिर तथा सडक वरपर सरसफाई गर्नु साथै झाडी फाड्ने काम समेत गरिएको थियो । सशस्त्रका गण प्रमुख विकास घिमिरे, प्र.नि अरुण कुमार कुशुवाहले चाडपर्वहरु शान्ति पूर्वक ढुक्क संग मनाउन आग्रह गरेका थिए ।

कार्यक्रमको समापन गर्दै सभाका अध्यक्ष लक्ष्मी थिङगले गुम्बा तथा मन्दिर वरपरको झाडी दुव्र्यसनिहरूको अखडा बन्दै आएको अब त्यसको अन्तको लागी निगरानी बढाउने प्रतिवद्धता व्यक्त गरेकी थिईन्, । उनले आगामी दिनहरुमा सामुदायिक सेवा केन्द्र र प्रहरी संग हातेमालो गर्दै अघि बढ्ने समेत बताइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*