वार्षिकोत्सवमा साइकल ¥याली, भोली पत्रकार र हेटौंडा भेट्रान्सबीच फुटबल

३ फाल्गुन २०७६, शनिबार १८:४७

सिधाखबर \ हेटौंडामा सञ्चालित रेडियो थाहासंचारको १२ औँ वार्षिकोत्सव अन्र्तगत शनिबार बृहत साइकल ¥याली गरको छ । नेपाल भ्रमण वर्ष सफल पारौै सालक संरक्षणमा भुमिका खेलौँ भन्ने नाराका साथ साइकल ¥यालिको आयोजना गरिएको थियो ।

हेटौंडा ४ अजरअमर रोडमा रहेको रेडियो प्राङ्गणबाट सुरु भएको ¥यालि बुद्ध चोक हुदैं कान्तिलोकपथ सडक खण्डको पिप्ले,क्याम्पाडाँडा,न्युरेनि,चौघडा, चुच्चेखोला हुदै हेटौंडा १७ मा रहेको सालक पार्कमा पुगेर समापन भएको थियो । ¥यालिमा ४० जना साइकल राइडर्सहरूको सहभागीता रहेको थियो ।

सहभागिहरुलाई जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै खुलालले रेडियो थाहासंचारले सालक संरक्षणमा देखाएको भुमिकाको प्रशंसा गरेका छन् ।

Maniraj Gautam को फोटो।

कार्यक्रममा वडा प्रहरी कार्यालय हेटौडाका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारी, हेटौंडा राइर्डस क्लबका संस्थापक अध्यक्ष दिपेन्द्रचन्द ठकुरी, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष अर्जुन प्रसाद दाहाल, रेडियोका स्टेशन प्रमुख मणिराज गौतम लगायत संचारकर्मीहरु सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*