बलिउड अभिनेता इरफान खानको निधन

१७ बैशाख २०७७, बुधबार १२:५४

एजेन्सी \ बलिउड अभिनेता इरफान खानको निधन भएको छ । उनको ५३ वर्षको उमेरमा निधन भएको हो । स्वास्थ्यमा खराबी देखिएपछि उनलाई मुम्बईस्थित कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा मंगलबार लगिएको जहाँ उनको आइसीयूमा राखेर उपचार गरिदैं थियो ।

इराफान न्यूरोइन्डोक्राइन ट्युमरबाट ग्रसित थिए । लण्डनमा दुई वर्षको उपचारपश्चात् उनी २०१९ मा मुम्बई फिर्ता भएका थिए । उनको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा मंगलबार उनको निधन भएको भारतिय सञ्चार माध्यम हिन्दूस्तान टाइम्सले जनाएको छ ।

गत वर्ष खान गम्भिर अस्वस्थ भएर लामो समय लन्डनमा उपचार गराई फर्केका थिए । त्यसबेला उनलाई न्यूरोइन्डोक्राइन ट्यूमर भएको थियो । लन्डनबाट फर्केयता उनी कोकिलाबेन अस्पतालका डाक्टरको निगरानीमा थिए । गत वर्ष उनले एउटै मात्र चलचित्र‘अंग्रेजी मिडियम’ मा काम गरेका थिए ।

सो चलचित्रमा काम गर्दा पनि उनको अवस्था ठीक थिएन । कुशल अभिनयका लागि चिनिएका इरफानले सलाम बम्बे, मकबुल, पान सिंह तोमर, द लन्चबक्स, हैदर, गुन्डे, पिकु, तलभार लगायत दर्जनौं चलचित्रमा अभिनय गरेका छन्, ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*