हेटौंडा \ हेटौंडा ५ मा रहेको पिप्ले पोखरा सामुदायिक वन उपभोक्ता समूहको २६ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । वन समूहका अध्यक्ष रामहरि चौलागाईको सभाध्यक्षतामा तथा हेटौंडा ५ का वडा अध्यक्ष सुशील घिमिरेको प्रमुख आतिथ्यतामा साधारणसभा भएको थियोे । सभामा समूहका अध्यक्ष रामहरि चौलागाईले प्रगति तथा चालु आव ०८२\०८३ को लागि १ करोड २९ लाख ४२ हजार ८९२ को अनुमानित आयव्यय विवरण र कार्यक्रम कोषाध्यक्ष रीता आचार्यले आव ०८१\०८२ को लेखा परिक्षण प्रतिवेदन पेश गरेकी थिईन् ।
सभामा समूहको विकास र विस्तारमा योगदान गर्ने विभिन्न व्यक्तिहरुलाई पुरस्कृत गरिएको थियो । जसमा बागमती प्रदेश वन निर्देशनालय वन अधिकृत सविना रिजाल, डिभिजन वन कार्यालय, मकवानपुरका सव ईन्जिनियर निशान शर्मा, सिधाखबर डटकमका सम्पादक श्रीराम अर्जुन, श्रमजिवी महिला काष्ठकला उद्योगका अध्यक्ष विष्णु राई, उत्कृष्ठ कार्यसमितितर्फ सदस्य बालकुमारी अधिकारी, सानु सिंह ठकुरीलाई सम्मान गरिएको थियो ।

सभामा मकवानपुरगढी ४ का वडाध्यक्ष अर्जुन प्रसाद तिमल्सिना, हेटौडा ५ का वडा सदस्य रामबहादुर राई, सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, स्थानीय महासंघ हेटौंडाका अध्यक्ष शम्भु प्रसाद न्यौपाने, बागमती प्रदेश वन निर्देशनालयका वन अधिकृत टंकनारायण श्रेष्ठ, डिभिजन वन कार्यालय, मकवानपुरका वन अधिकृत बसन्तराज गौतम, न्यूरेनी चिसापानी सामुदायिक वनका अध्यक्ष प्रकाश कार्की, बनस्खण्डीदेवी सामुदायिक वनका अध्यक्ष भवसागर श्रेष्ठ, रानी सामुदायिक वनका उपाध्यक्ष महेन्द्रकुमार श्रेष्ठ, समूहका सल्लाहकार केशव श्रेष्ठ, यमबहादुर श्रेष्ठ समूहका उपाध्यक्ष बद्री प्रसाद लम्साल, सचिव शारदा कुमारी अधिकारी लगायतको आतिथ्यतता रहेको थियो ।
२ सय ९ हेक्टर क्षेत्रफलमा फैलिएको यस सामुदायिक वनमा १ हजार ६ सय घरधुरी आवद्व रहेका छन ।