काठमाडौँ \ कांग्रेसले समानुपातिकतर्फ निर्वाचित हुने २० जना उम्मेदवारको सूची टुंगाएको छ । महामन्त्री प्रदीप पौडेलले समानुपातिकतर्फ कांग्रेसले पाउने सीटमा सबैको नाम टुंगो लगाएर निर्वाचन आयोगमा सिफारिस गरिएको बताए । यसअघि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले २० जना उम्मेदवारको टुंगो लगाएर निर्वाचन आयोगमा नाम पठाइए पनि केही समूहमा महिला वा पुरुष पठाउने भन्ने टुंगो लागेको थिएन ।
स्रोतका अनुसार आदिवासी जनजाति (२८.७ प्रतिशत) तर्फबाट पुरुषबाट भिष्मराज आङ्देम्बे (पुरुष) , मदनकृष्ण श्रेष्ठ (अपांग), महिलाबाट गीताकुमारी सेन्दाङ्ग, गंगालक्ष्मी अवाल, गीता गुरुङ र रेनुका काउचा सिफारिस भएका छन् ।
त्यसैगरी खसआर्यमा (३१.२ प्रतिशत) मा पुरुषतर्फ अर्जुननरसिंह केसी (पुरुष), कालीबहादुर सहकारी (पुरुष), महिलातर्फ सुशीला ढकाल आचार्य, रुक्मिणीदेवी कोइराला, रिना उप्रेती र सीता थपलिया छन् ।
थारु क्लस्टरबाट प्रमिलाकुमारी गच्छदार, दलितबाट दलित (१३.८ प्रतिशत) हरिनादेवी कामी, पवित्रा विक, मनमाया विश्वकर्मा सिफारिस भएका छन् । मधेसी कोटाबाट (१५.३ प्रतिशत) चन्द्रमोहन यादव (पुरुष), निनुकुमारी कर्ण र रेखाकुमारी यादव छन् भने मुस्लिम कोटा (४.४ प्रतिशत) बाट साहजान खातुन सिफारिस भएका छन् ।